दुलहा– दुलहीमा कोरोना संक्रमण, विवाहमा सरिक थिए सय बढी पाहुना

नयाँ दिल्ली । भारतमा नवविवाहित जोडीमा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । २९ जूनमा भारतको करनालस्थित पाँचतारे होटलमा विवाह गरेका दुलहा–दुलहीमा कोरोना संक्रमण पुष्टि भएको हो ।

विवाहमा सय बढी पाहुनाको उपस्थिती थियो । परिवारका सदस्य ६ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् । अझै केही आफन्तको कोरोना परीक्षण हुन बाँकी छ ।

विवाहमा सरिक भएकाहरु र उनीहरुको सम्पर्कमा आएकाहरुमा पनि कोरोना संक्रमणको खतरा बढेको बताइन्छ । एजेन्सी

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *