मृगौला रोगी अनिता राईलाई हङकङबाट सहयोग

धरान । दुवै मृगौलामा समस्या आई गम्भीर बिरामी भएर विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत इलाम माङ्सेबुङ–४ की १८ वर्षिया अनिता राईलाई हङकङमा बसोबास गर्ने धराने समाजसेवी सुरेश राईले आर्थिक सहयोग गरेका छन् ।

१० बर्ष लागेकी जेठी छोरी ओजस्वी राईको जन्मदिनको अवसर पारी हाल हङकङ बस्दै आएका धरान १९ का सुरेश राईले छोरीको जन्मदिनमा हुने फजुल खर्चलाई कटाएर मृगौला रोगी अनिता राईको उपचारमा सहयोग पुगोस भनेर १० हजार ८ सय ५० रुपैयाँ पठाएका हुन ।

हङकङबाट पठाएको सो रकम सुरेश राईकी दिदि तथा ओजस्वीकी फुपु समाजसेवी शुभ राईले उपचारका लागि शुक्रबार वीपी प्रतिष्ठान आएकी अनिता सँगै उनकी आमा सुनिता र बुवा टिकाराम राईलाई प्रदान गरिन् ।

मृगौलारोग बाट ग्रस्त राई परिबारका दुई छोरी तथा एक अभिभावक समेत बिरामी भएको समाचार मकालु खबरमा पढेपछि पिडित कशिोरीको स्वास्थ्योपचारमा थोरै भएपनि सहयोग पुगोस भनेर रकम पठाएदिएको सुरेश राईलाई उदृत गर्दै शुभ राईले जानकारी दिईन ।

बिरामी अनितालाई हरेक १५/१५ दिनमा स्वास्थ्य उपचारका लागि वीपी प्रतिष्ठान ल्याउनै पर्ने उनका बुबा टिकाराम राईले बताए । हिजो आईतवार धरान आएका मृगौला रोगी अनितालाई आज पुनःस्वास्थ्य परीक्षण हुने छ ।

विगत ७ वर्षदेखि मृगौंला रोगको उपचार गराउँदै आएका अनिताको घरको आर्थिक अवस्था कमजोर भएकाले छोरीको जीवन बचाई दिन बुवा टिकारामले देशरविदेशमा बसोबास गर्ने नेपालीलाई अपिल गरेका छन्। सामान्य खेतीपाती गरेर जिविकोपार्जन गर्दै आएका राई परिवारको आर्थिक अवस्था ज्यादै कमजोर रहेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *