कोरोना कहरः रसियालाई उछिन्दै शीर्ष तीनमा प्रवेश गर्यो भारत

नयाँ दिल्ली । दैनिक उकालो ग्राफसँगै भारत कोरोना भाइरस (कोभिड १९) संक्रमित मुलुकको शीर्ष तीन मुलुकभित्र प्रवेश गरेकाे छ । कोभिड १९ का कारण खराब मुलुकहरुको सूचीमा चौथो स्थानमा रहेको भारतमा एकै दिन झन्डै २५ हजार नयाँ संक्रमित फेला परेपछि तेस्रो स्थानमा प्रवेश गरेको हो ।

यसअघि तेस्रो स्थानमा रसिया थियो । रसियालाई भारतले उछिनेको हो । भारतमा आइतबार एकै दिन २४ हजार ९ सय १२ नयाँ संक्रमित भेटिएका थिए भने ४ सय २१ जनाको मृत्यु भएको थियो । गएको पाँच दिनमा २ हजार ३ सय भारतीयको कोरोनाका कारण मृत्यु भइसकेको छ।

भारतमा अहिलेसम्म ६ लाख ९७ हजार ८ सय ८७ संक्रमित भेटिएको आधिकारिक पुष्टि भइसकेको छ । अमेरिकामा अहिले संक्रमितको संख्या २८ लाख ३९ हजार भन्दा माथि छ भने ब्राजिलमा १६ लाख पुग्न लागेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *