सुदूरपश्चिममा थप ४५ जनामा कोरोना संक्रमण पुष्टि
२०७७ असार २१ गते

कैलाली । सुदूरपश्चिममा थप ४५ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।
सेती प्रादेशिक अस्पताल धनगढीमा पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा थप ४५ जनामा संक्रमण पष्टि भएको अस्पतालले जनाएको छ ।
डडेलधुराको ५, कैलालीका १२ र कन्चनपुरका २८ जनामा कोरोना संक्रमण पुष्टि भएको सेती प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट हेमराज पाण्डेले जानकारी दिए । त्यहाँ हाल आइसोलेसनमा १२ जना संक्रमित उपचाररत छन् भने ५९ जना संक्रमित उपचारपछि निकाे भएर डिस्चार्ज भइसकेका छन् ।

२०७७ असार २१ गते
प्रतिक्रिया
सम्बन्धित








