प्रचण्ड–ओली वार्ताः निर्णायक बैठकमा भएन निर्णय, भोलि फेरि बस्ने
२०७७ असार २१ गते

नेकपा अध्यक्षद्वय, ओली-प्रचण्ड। फाइल फोटो
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (ने क पा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड भोलि फेरि वार्तामा बस्ने भएका छन् । आजको बैठक निर्णायक भनिएपनि कुनै निर्णय हुन नसकेपछि बैठक भोलि फेरि बस्ने भएको हो ।
आज ओली र प्रचण्डबीच झण्डैँ डेढ घन्टा छलफल भएको थियो । छलफलमा ओलीका तर्फबाट महासचिव विष्णु पौडेल र शङ्कर पोखरेल तथा प्रचण्डका तर्फबाट वर्षमान पुन र जनार्दन शर्मा सहभागी थिए ।
भोलि वार्तापछि नेकपाको स्थायी समिति बैठक बिहान ११ बजे बस्नेछ ।
२०७७ असार २१ गते
प्रतिक्रिया
सम्बन्धित








