धरानमा लागुऔषध सहित एक जना पक्राउ

धरान । इलाका प्रहरी कार्यालय धरानले भारी मात्रामा लागुऔषध सहित सहित एक जना पक्राउ गरेको छ । धरान उपमहानगरपालिका वडा नं ७ शान्तीपथ बाट बिशेष सुचनाको आधारमा चेक जाँचको क्रममा विभिन्न परिणामको लागु औषध सहित एक जनालाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा ४३ बर्षिय किसन श्रेष्ठ रहेका छन । उनलाई धरान वडा नं ७ बाट पक्राउ गरिएको सशस्त्र प्रहरी बल धरानका नायक उपरिक्षक सुमन पोखरेलले बताए ।

पोखरेलको कमान्डमा खटिएका सशस्त्र प्रहरी टोली र ईलाका प्रहरी कार्यालय धरानका संयुक्त प्रहरी टोलीले सो मात्रामा लागुऔषध बरामद गरेको हो ।

पक्राउ परेका श्रेष्ठको साथबाट कोरेक्स ७ बोतल स्पास्मोपोक्सीवन २४ पत्ता, नाईट्रोजन २६० थान तथा नगद १ लाख ९६ हजार एक सय बरामद भएको छ । श्रेष्ठलाई शुक्रबार साँझ ७ बजे पक्राउ गरिएको सशस्त्र प्रहरी बल धरानका नायव उपरिक्षक सुमन पोखरेलले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + 15 =