वीपी प्रतिष्ठानबाट ७ जना कोरोना संक्रमित डिस्चार्ज

काठमाडौं । वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत थप ७ जना कोरोना भाइरस (कोभिड १९) संक्रमित डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १९८ पुगेको छ ।

आज थप एक जनामा संक्रमित भर्ना भएका छन् । एक जना थपिएसँगै उपचाररत संक्रमितको संख्या ३७ छ ।

नेपालभर कुल संक्रमितको संख्या १५ हजार २५९ पुगेकाे छ । जसमध्ये आज थपिएका ७४० छन् । काेराेना निकाे भएर डिस्चार्ज हुनेकाे संख्या ६ हजार १४३ छ भने हालसम्म ३२ संक्रमितकाे मृत्यु भइसकेकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − eight =