क्यान्सर, मधुमेहका बिरामीको पनि कोरोना परीक्षण गरिने
२०७७ असार १९ गते

काठमाडौं । पछिल्लो समयबाट क्यान्सर, मधुमेह र आइसियूमा रहेका बिरामीको पनि कोरोना भाइरस (कोभिड १९) परीक्षण सुरू गरिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शुक्रबारको प्रेस ब्रिफिङका क्रममा यसबारे जानकारी दिएका हुन् । परीक्षणको दायरा फराकिलो बनाइएको उनको भनाइ छ ।
अस्पतालहरुका स्वास्थ्यकर्मीको पनि परीक्षण गर्ने मन्त्रालयको तयारी छ । पछिल्लो समय स्वास्थ्यकर्मीहरुमा पनि संक्रमण देखिन थालेपछि सरकारले अस्पतालहरूमा परीक्षण केन्द्रित गर्ने तयारी गरेको हो ।
२०७७ असार १९ गते
प्रतिक्रिया
सम्बन्धित








