पछिल्लाे २४ घण्टामा ७४० जनामा काेराेना संक्रमण पुष्टि
२०७७ असार १९ गते

फाइल तस्विर
काठमाडौं । पछिल्लो २४ घण्टामा थप ७४० जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले थप ७४० जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १५ हजार २५९ पुगेकाे छ ।
हालसम्म देशभर कोरोना संक्रमणको उपचारपछि ६ हजार १४३ जना डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा ८२३ जना डिस्चार्ज भएका छन् । आइसोलसनमा ९ हजार ८४ कोरोना संक्रमितहरु रहेका छन् । देशभरका विभिन्न क्वारेन्टिनमा ३५ हजार ४७२ मानिसहरु रहेका छन् ।
२०७७ असार १९ गते
प्रतिक्रिया
सम्बन्धित








