तपस्वी बम्जनविरुद्ध १४ वर्ष जेल सजाय माग गर्दै मुद्दा दायर
२०७७ असार १९ गते

काठमाडौं । लिटिल बुद्धका नामले चिनिँदै आएका तपस्वी रामबहादुर बम्जनविरूद्ध १४ वर्षको जेल सजाय माग गर्दै मुद्दा दायर भएको छ । जिल्ला अदालत सर्लाहीमा बिहीबार बम्जनविरुद्ध मुद्दा दायर भएकाे हाे ।
बालबालिका सम्बन्धी ऐन, २०७६ अनुसार कारबाही गर्न माग गर्दै जिल्ला सरकारी वकिलको कार्यालय, सर्लाहीले मुद्दा दायर गरेकाे हाे । वर्षौदेखि धर्मको आडमा बलात्कार र मानिस बेपत्ता पारेको आरोप खेप्दै आएका बम्जनलाई १२ वर्षदेखि १४ वर्षसम्मको कैद सजाय माग गरिएको जानकारी दिइएको छ ।
मतियार बनेको अभियोगमा ज्ञानकुमार बम्जन र जेबी गुरुङलाई पनि आधा सजाय माग दाबी गरिएको छ । बालबालिका ऐनको यौन सन्तुष्टि प्राप्त गर्ने तथा बाल यौन शोषण सम्बन्धी कसुरमा मुलुकी अपराध संहिताको करणी सम्बन्धी कसुर अनुसार कारबाही हुने व्यवस्था छ ।
२०७७ असार १९ गते
प्रतिक्रिया
सम्बन्धित








