बिपी प्रतिष्ठानमा थपिए १६ कोरोना संक्रमित
२०७७ असार १८ गते

काठमाडौं । आज बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप १६ जना कोरोना संक्रमित भर्ना भएका छन् । यो सँगै प्रतिष्ठानमा उपचाररत कोरोना संक्रमितको संख्या ४४ पुगेको छ ।
आज प्रतिष्ठानमा उपचारार्थ ६ जना कोरोना जितेर डिस्चार्ज भएका छन् । आज डिस्चार्ज हुनेमा मोरङका ४ जना र सुनसरीका २ जना छन् ।
हालसम्म कूल डिस्चार्ज हुनेको संख्या १ सय ९१ पुगेको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिएका छन् ।
नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या १४ हजार ५ सय १९ पुगेको छ भने निको भएर घर फर्किनेको संख्या ५ हजार ३ सय २० पुगेको छ ।
कोरोनाका कारण ३१ जनाको मृत्यु भएको छ ।
२०७७ असार १८ गते
प्रतिक्रिया
सम्बन्धित









