खुल्यो वैदेशिक रोजगारीको पुनः श्रम स्वीकृति

काठमाडौं । सरकारले बन्द रहेको वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति खुला गर्ने निर्णय गरेको छ । वैदेशिक रोजगार विभागका महानिर्देशक कुमारप्रसाद दाहालले आजदेखि वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति दिन सुरु गरिएको जानकारी दिए ।

कोरोना भाइरस (कोभिड १९) संक्रमणको जोखिम न्युनिकरणका लागि जारी लकडाउनमा सरकारले अन्तर्राष्ट्रिय उडान बन्द गरेको थियो । सरकारले लकडाउन अघि नै ३० फागुनदेखि वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति बन्द गरेको थियो । वैदेशिक राजेगारीको श्रम स्वीकृति दिने काम पनि रोकिएको थियो ।

बन्द रहेको तीन महिनापछि सरकारले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति तथा पुनः नवीकरण आजबाट खुला गरेको हो । अब विदामा आएका कामदारलाई फेरि फर्किन पाउने छन् । नयाँ कामदारले भने विदेश जान श्रम स्वीकृति पाउने छैनन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − five =