बिपी प्रतिष्ठानमा थपिए २ कोरोना सङ्क्रमित, ८ जना डिस्चार्ज
२०७७ असार १७ गते

काठमाडौँ । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आज थप २ जना कोरोना सङ्क्रमित भर्ना भएका छन् । योसँगै प्रतिष्ठानमा ३४ जना कोरोना सङ्क्रमितको उपचार भइरहेको छ ।
प्रतिष्ठानको आइसोलेसनमा उपचार गराइहरेका ८ कोरोना सङ्क्रमित निको भएर आज डिस्चार्ज भएका छन् । प्रतिष्ठानबाट हालसम्म कोरोना निको भएर घर फर्किनेको सङ्ख्या १८५ पुगेको छ ।
नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या १४ हजार नाघेको छ भने निको भएर घर फर्किनेको सङ्ख्या ४ हजार ६ सय ५६ पुगेको छ ।
कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या ३० पुगेको छ ।
२०७७ असार १७ गते
प्रतिक्रिया
सम्बन्धित









