सुदूरपश्चिममा मात्रै आज २४३ जनामा कोरोना पुष्टि, बागमती प्रदेशमा कति थपिए ? यो प्रदेशमा छन् सबैभन्दा कम संक्रमित

काठमाडौं । आज (बुधबार) थपिएका कोरोना भाइरस (कोभिड १९) ४८२ संक्रमितमध्ये सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा रहेका छन् । सुदुरपश्चिम प्रदेशमा आज थप २४३ जनामा कोरोना पुष्टि भएसँगै संक्रमित संख्या २ हजार ७ सय पुगेको छ ।

त्यस्तै आज सबैभन्दा कम संक्रमित प्रदेश १ मा थपिएका छन् । प्रदेश १ मा आज २८ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमित संख्या ६२३ पुगेको छ ।

त्यसैगरी प्रदेश नम्बर २ मा थप ६२ जनामा कारोना संक्रमण पुष्टि भएसँगै संक्रमित संख्या ३ हजार ८५६ पुगेको छ, बागमती प्रदेशमा थप ३० जनामा संक्रमण पुष्टि भएसँगै कुल संक्रमित संख्या ४५८ पुगेको छ । बागमती प्रदेशमा आज थपिएका कुल संक्रमितमध्ये काठमाडौंका १० जना, भक्तपुरका २ र ललितपुरका ५ जना रहेका छन् ।

गण्डकी प्रदेशमा आज ४१ जनामा संक्रमण पुष्टि भएको छ । त्यहाँ कुल संक्रमितको संख्या १ हजार ५८ छ । प्रदेश ५ मा भने संक्रमित संख्या ३ हजार ८४३ छ । आज थप ३६ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमित संख्या त्यति पुगेको हो । कर्णाली प्रदेशमा आज थप ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कुल संक्रमित संख्या १ हजार ५०८ पुगेको छ ।

देशभर कुल संक्रमितको संख्या १४ हजार ४६ छ । जसमध्ये ३० जनाको मृत्यु भइसकेको छ भने ९ हजार ३६० जना विभिन्न अस्पतालको आइसोलेसनमा उपचाररत छन् । ४ हजार ६५६ जना उपचारपछि निको भएर घर फर्किसकेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *