जावलाखेल हिरासतभित्र थुनुवाले गरे आत्महत्या

काठमाडौं । जावलाखेलस्थित महानगरीय प्रहरी परिसर ललितपुरको हिरासत कक्षमा रहेका एक थुनुवाले आत्महत्या गरेका छन् । बुधबार बिहान जावलाखेलस्थित महानगरीय प्रहरी परिसर ललितपुरमा ब्यारेक भवन उद्घाटन गर्ने कार्यक्रम चलिरहेका बेला ती अभियुक्तले आत्महत्या गरेका हुन् ।

अभियुक्त २४ वर्षीय दुर्गेश यादवले हिरासत कक्षमा रहेको तन्ना च्यातेर झ्यालमा झुण्डिएर आत्महत्या गरेका हुन् । उनी बलात्कारको मुद्दामा असार १४ गते ग्वार्कोबाट पक्राउ परेका थिए । शारिरीक अपाङ्गता भएकी एक महिलालाई मकैबारीमा बलात्कार गरेपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

थप अनुसन्धान भइरहेकाे  प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *