भक्तपुरमा पनि देखियाे सलह

भक्तपुर । भारतबाट नेपाल छिरेको सलह किरा भक्तपुरमा पनि देखिन थालेको छ । भक्तपुरका चारवटै नगरपालिकामा सलह देखिएका छन् । यद्यपी त्यहाँ पुगेको सलहको झुण्ड ठुलो छैन । फाट्टफुट्ट मात्रै देखिएका छन् ।

थाेरैकाे संख्यामा देखिएका कारण कतै क्षति पुगिसकेको अवस्था नदेखिएको कृषि ज्ञान केन्द्र भक्तपुरले जनाएको छ । सलह कीरा देखिए पनि भक्तपुरमा आत्तिहाल्नुपर्ने अवस्था छैन तर त्यसलाई नियन्त्रण गर्न पूर्वतयारी भने गर्नुपर्ने बताइएको छ ।

मकवानपुर, पाल्पा, पोखरा, लमजुङ, ललितपुर लगायत २६ जिल्लामा सलह देखा परिसकेको छ । कतिपय ठाउँमा भने सलहले क्षति पुर्याइसकेको अवस्था छ । दाङको अन्न भण्डार मानिने देउखुरी क्षेत्रमा सलहले मकैबालीमा ठूलो क्षति पुर्‍याएको हो ।

मंगलबार दिउँसो राप्ती गाउँपालिका, राजपुर गाउँपालिका, गढवा गाउँपालिका र लमही नगरपालिकामा सलहका बथान देखिएका थिए । मकैबाली नष्ट गरेको करिब आधा घण्टामा सो क्षेत्रको आधाभन्दा धेरै मकैबारी उजाड बनाएर सलहका बथान हिँडेको बताइएकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *