आजको संसद बैठक शोक प्रस्ताव पारित गरेर स्थगित हुने

काठमाडौं । बुधबारको संसद बैठक शोक प्रस्ताव पारित गर्दै स्थगित हुने भएको छ ।

आजको संसद बैठक बुधबार दिउँसो १ बजे बस्ने तय भएको छ । संसद सचिवालयले निकालेको सम्भावित कार्यसूचीमा प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सेवा विधेयक दफावार छलफलका लागि प्रस्तुत गर्ने लगायतका विषय उल्लेख थियो । नेपाली कांग्रेसकी सांसद ज्ञानकुमारी छन्त्यालको निधन भएको कारण शोक प्रस्ताव पारित गर्दै बैठक स्थगित हुने भएको हो ।

प्रतिनिधिसभामा समानुपातिक सांसद रहेकी छन्त्यालको बुधबार बिहान काठमाडौंमा निधन भएको हो । छन्त्याल बहालवाला सांसद भएकाले संसद बैठक तोकिएको समयमै सुरु हुनेछ र शोक प्रस्ताव पारित गर्दै सकिने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *