थप ३१६ जनामा कोरोना पुष्टि, उपत्यकामा १४ संक्रमित थपिए

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३१६ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसबारे पुष्टि गरेको हो । आज थपिएका संक्रमितमध्ये काठमाडाैंका ७ पुरूष र ५ महिला, भक्तपुरका एक महिला र ललितपुरका एक जना पुरूष

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आज ३१६जना संक्रमित थपिएसँगै देशभर कुल संक्रमितको संख्या १३ हजार ५६४ पुगेको छ । संक्रमितमध्ये ३ हजार १९४ जना उपचारपछि निको भएर फर्किसकेका छन् । पछिल्लो २४ घण्टामा मात्रै ६० जना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन् ।

१० हजार ३४१ जना विभिन्न अस्पतालको आइसोलेसनमा उपचाररत छन् । क्वारेन्टाइनमा रहनेको संख्या आज कुल ५३ हजार ७० रहेको छ । नेपालमा हालसम्म २९ जनाकाे मृत्यु भइसकेकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + 19 =