गर्भवती महिलामा कोरोना भए पेटमा रहेको बच्चामा संक्रमण हुन्छ ? डा. मिश्र (भिडियो सहित)

काठमाडौं । कोरोना त्रासले जनजिवन अस्तब्यस्त बनाएको अवस्थामा गर्भवती महिलालाई झै जोखिम रहेको जनमानसमा शंका छ । विश्व स्वास्थ्य संगठन तथा चिकित्सकहरुले गर्भवती महिला र तिनको गर्भमा रहेको बच्चामा अहिलेसम्म कोरोना संक्रमण भएको पुष्टि नगरेकोले यसै भन्ने अवस्था छैन ।

गर्भवती महिलालाई यदी कोरोना पोजेटिभ देखिइहालेको अवस्थामा पनि पेटमा रहेको बच्चामा कुनै संक्रमण नहुने परोपकार प्रसुती गृह थापाथलीकी निर्देशक, प्रसुती तथा जनस्वास्थ्यविद् डा. संगिता मिश्रको भनाई छ ।

डा. मिश्रले गर्भवती महिला र सुत्केरी महिला तथा नवजात शिशुमा कोरोना संक्रमणको खतरा अत्याधिक रहेको भन्ने भ्रम मात्र रहेको बताइन् । ‘विश्वको कुनैपनि अनुसन्धानले गर्भवती महिला, उनको गर्भमा रहेको शिशु तथा सुत्केरी महिलालाई कोरोना संक्रमणको उच्च जोखिम हुन्छ भनेको छैन । सामान्य मान्छेलाई कोरोना सर्ने जती संभावना हुन्छ गर्भवती महिलालाई त्यत्ति नै हुन्छ ।’ उनले भनीन् ।

डा. मिश्रका अनुसार गर्भवती महिलालाई कोरोना पोजेटिभ भइहालेमा पनि गर्भभित्र रहेको बच्चालाई नहुने जनाइन् । ‘गर्भवती महिलालाई कोरोना भएको छ भन्दैमा उसको गर्भमा रहेको बच्चामा हुँदैन । किनभने, बच्चासँगै रहेको सालनाललाई छेडेर कोरोना भाइरस बच्चामा गएको अहिलेसम्म कुनै रकेर्ड छैन ।’ उनले भनीन्– ‘डर हुनु स्वभाविक छ, तर बैज्ञानिक रुपमा महिला संक्रमित हुने वित्तिकै बच्चालाई पनि संक्रमण हुने अथवा बच्चाको कुनै विकासमा कुनै प्रकारको समस्या हुने भन्ने देखिएको छैन ।’

तर, बच्चा जन्मिइसकेपछि बच्चालाई स्तनपान गराउँदा वा बोक्दा भने सुत्केरी महिलाले सुरक्षाका लागि मास्क लगाउने लगायत अन्य सुरक्षाका उपाय चाहीँ अपनाउनु पर्दछ ।

उनले बच्चा जन्मिइसकेपछि पनि सर्ने संभावना कमै रहेको उल्लेख गरीन् । आमामा कोरोना भाइरल लोड अन्यन्त बढि भएपनि अहिलेसम्मको रेकर्ड हेर्दा बच्चामा कोरोना संक्रमण भएको पुष्टि नभएको डा. संगिताको तर्क छ । ‘कतिपय नेपालमा पनि गर्भवती हुनुभयो, सिजेरियन पनि गरीएको छ । जतिपनि बच्चाहरुको टेस्ट भएको छ त्यसमा कोरोना सरेको पाइएको छैन । स्तनपान गराउँदा पनि पूर्ण सुरक्षित छ ।’

परोपकार प्रसुती गृहमा आउने गर्भवती तथा सुत्केरी महिलाहरुको उपचारका लागि विशेष ध्यान दिएको छ । हस्पिटल आफैंमा कोरोनाको जोखिममा रहेपनि अस्पतालले सुरक्षाका उपायहरु अपनाएको तथा फ्रन्ट लाइनमा काम गर्ने चिकित्सक, कर्मचारी तथा विरामीहरुलाई उच्च सर्तकता अपनाईको डा. मिश्रको भनाई छ । परोपकारमा आउनेहरुले अनिवार्य मास्क लगाउनु पर्छ, विरामी कुरुवाहरुको अत्याधिक भिड हुने भएकोले एउटा विरामीको एक जना मात्र कुरुवा बस्न पाउने भनिएको छ ।

साथै प्रसुतीले गर्भवती महिलाको स्वास्थ्यलाई हेरेर टेलिमेडिसिन सेवा पनि सूचारु गरेको छ । नियमित फलोअपमा आउनुपर्ने विरामी वा गर्भवती महिलाले टेलिफोनबाटै अस्पतालका विशेषज्ञहरुसँग सल्लाह लिन सक्छन् । भने, असपतालले कोभिड–१९ सक्रमितको जोखिम न्यूनिकरण गर्नका लागि छुट्टै स्थान बनाएको छ । कोरोना संक्रमित महिलाको तुरुन्तै उपचार गर्नुपर्यो वा तुरन्तै सुत्केरी गराउनु पर्यो भने छुट्टै ब्यवस्था गरीएको डा. मिश्रको भनाई छ ।

हेर्नुहोस भिडियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *