आज असार १६ गते मंगलबार, यस्तो छ आजको पञ्चाङ्ग तथा राशिफल

आजको पञ्चाङ्ग
वि.सं. असार १६, २०७७ । ई.सं. 30 June, 2020 । शक संवत् १९४२ । नेपाल संवत् ११४० दिल्लाथ्व । प्रमादी उत्तरायण ग्रीष्म । मंगलवार आषाढ शुक्लपक्ष । तिथि दशमी, १९:११ बजे उप्रान्त एकादशी । नक्षत्र चित्रा ०५:४३ बजेदेखि स्वाती , २८:०६ बजे उप्रान्त अनुराधा । योग शिव, १४:५४ बजे उप्रान्त सिद्ध करण । तैतिल ०८:२४ बजेदेखि गर, १९:११ बजे उप्रान्त वालव । चन्द्रराशि तुला । आनन्दादि योग ध्वांक्ष । दिनमान ३४।३२ । सूर्योदय ०५:१३ । सूर्यास्त १९:०२ । मन्वादि ।

राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कीर्तिमानी काम गर्ने समय छ । वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । कार्यमा सफलता मिल्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । सुखद् यात्राको योग छ । नयाँ कामको थालनी हुनेछ । मनोरञ्जनमा सहभागी भइएला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ । शुभकार्यको चर्चा चल्नेछ । मनमा उत्साहका साथै बोली विक्ने समयछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । कृषि कार्य अघी बढ्नेछ । काम गर्ने जोश जाँगर र उमंग बढ्नेछ । चिताएको कामले तीव्रता लिनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज टाढाका नातागोता वा परिवारजनसँग भेटघाट हुनेछ । शुभकार्यको चर्चा चल्नेछ । दैनिक कार्यमा प्रगति नै हुनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । दिनको उत्तरार्धमा धन खर्च हुनेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) धार्मिक यात्राको योगछ । नयाँ कार्यको योजना बन्नेछ । नजिकको व्यक्तिबाट आँटेको काम सफल हुनेछ । प्रेममा मधुरता छाउनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज अनावश्यक यात्रा हुनेछ । कार्य सम्पादनमा समस्यापनि आउला । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) शुभचिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्नेछन् । अलझिएका समस्या सुल्झाउन सकिनेछ । घरमा अतिथीको आगमन हुनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) सामाजिक तथा धार्मिक कार्यमा रुची बढ्नेछ । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि श्रेष्ठ समय रहेकोछ । दैनिक कार्यमा सफलता पाईनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) बुद्धि र विवेकको प्रयोग गर्न सके आजको दिनलाई सकारात्मक बनाउने समय छ । वित्तिय संस्थाबाट सहयोग मिल्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज अनावश्यक ठाउँमा धन खर्च होला । अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । यात्रामा मालसामान हराउन सक्छ ।

– ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *