छुरा प्रहार गरी फरार युवक दुई महिनापछि पक्राउ

भरतराज शर्मा (गोपाल)-

धरान, सुनसरी । छुरा प्रहार गरी फरार रहेको एक युवक दुई महिनापछि पक्राउ परेका छन् । गत वैशाख ५ गते राति करिब साढे ९ बजे धरान–१५ मा बस्दै आएका केशव राईलाई छुरा प्रहार गरी घाइते बनाएर फरार रहेका सोही ठाउँका १८ वर्षीय निश्चल लिम्बु दुई महिनापछि पक्राउ परेका हुन् ।

लिम्बूले राईलाई उनकै घर अगाडी पेट लगायत शरीरको विभिन्न भागमा छुरा प्रहार गरी गम्भीर घाइते बनाएर फरार भएका थिए ।

पीडित केशव राईले फरार रहेका निश्चल विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गराएका थिए । उनलाई गत शुक्रवार नै पक्राउ गरेको थियो तर आज आइतबार सार्बजनिको इलाका प्रहरी कार्यालय धरानले जानकारी दिएको छ ।

पक्राउ परेका लिम्बुलाई सुनसरी जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको छ । घटनामा प्रयोग भएको छुरा सोही दिन प्रहरीले बरामद गरेको थियो ।

घाइते केशवको अवस्था पनि सुधार उन्मुख रहेको प्रहरीले जनाएको छ ।

यौन दुर्व्यवहारको आरोपमा एक पक्राउ
यसैबिच ९ वर्षीय बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा धरानमै अर्का एक युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा धरान उपमहानगरपालिका वडा नं. १५ का ३० वर्षीय नगेन्द्र बराइली रहेका छन् ।

बालिकालाई यौन दुर्व्यवहार गरेका उजुरी बालिकाकी आमाले इलाका प्रहरी कार्यालय धरानमा उजुरी दिएपछि उनलाई शुक्रवार प्रहरीले पक्राउ गरेको हो । गत असार १ गते नाबालिकालाई बराइलीले यौन दुर्व्यवहार गरेको पीडितकी आमाले दिएको उल्लेख गरिएको छ ।

उजुरीपछि पक्राउ परेका ती युवकलाई जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बहादुर बस्नेतले जानकारी दिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *