भक्तपुरकी एक बालिकामा कोरोना पुष्टि

काठमाडौं । भक्तपुरकी एक जना बालिकामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । मध्यपुर थिमि नगरपालिका–९ बोडे निलबाराहीकी चार वर्षीया बालिकामा कोरोना संक्रमण भएको हो ।

पेट दुखेपछि ती बालिकालाई सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी) अस्पताल लगिएको थियो । ती बालिकाका एपेन्डिसाइटिस भएको अस्पतालले बताएको थियो ।

अस्पतालले कोभिड १९ को रिपोर्ट आएपछि मात्रै शल्यक्रिया गर्ने भनि असार ११ गते स्वाब संकलन गरी परीक्षणका लागि पठाएको थियो । शनिबार साँझ रिपोर्ट पोजेटिभ आएको अस्पतालले जनाएको छ । रिपोर्ट पोजेटिभ आएपछि ती बालिकालाई पाटन अस्पताल पठाइएको अस्पतालले जानकारी दिएको छ ।

ठाउँ अभावका कारण त्यहाँबाट पनि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको छ ।  ती बालिकाको ट्राभल हिस्ट्री छैन । कसरी संक्रमण भयो भन्नेमा अलमल देखिएको छ । अहिले संक्रमितको परिवारलाई हाल होम क्वारेन्टाइनमा राखिएको र बालिकाको प्रत्यक्ष सम्पर्कमा रहेका व्यक्तिहरुको पहिचान गरी स्वाब संकलनको तयारी भइरहेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *