चिकित्सा विज्ञानमै सफल शल्यक्रिया : दुई महिने बालिकाको पेटबाट निकालियो डेढ किलोको ट्युमर

सुनसरी । धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २ महिने बालिकाको पेटबाट डेढ किलोको ट्युमर निकालिएको छ । प्रतिष्ठानको सर्जरी विभागका पेडियाट्रिक इन्चार्ज सर्जन डा. राजेश साहको टिमले सफलतापुर्वक शल्यक्रिया गरेर बालिकाको पेटमा पलाएको उक्त ट्युमर निकालेका हुन् ।

धनकुटाको चौविसे गाउपालिका– ८ साम्मेवा बस्ने दिपेन्द्र लिम्बु र विनिता लिम्बुका २ महिने छोरीको पेटमा भएको ट्युमरको सफल शल्यक्रिया गरिएको प्रतिष्ठानका प्रवक्ता प्रा डा निदेश सापकोटाले जानकारी दिएका हुन् ।

ट्युमरको सफल शल्यक्रियापछि बालिकाको अवस्था सामान्य रहेको र शुक्रबार अस्पतालबाट डिस्चार्ज गरिएको हो । अस्पतालले दुई महिने बालिकाको पेटमा पलाएको डेढ किलोको ट्युमरको सफल शल्यक्रिया भएको औपचारीक जानकारी दिएको हो ।

गत जेठ २ गते बालिकाको पेट असामान्य रुपमा बढेपछि लिम्बु दम्पतीले उपचारका लागि प्रतिष्ठानमा भर्ना गराएका थिए । जेठ १८ गते शल्यक्रिया गरेर १६ दिन पिआइसियुमा र पाँचदिन पेडियाट्रिक वार्डमा राखेर शिशुको अवस्था सामान्य भएपछि डिस्चार्ज गरिएको डा साहले बताए ।

प्रतिष्ठानको स्त्री तथा प्रसुती विभागमै बच्चा जन्मेपछि अस्पतालबाट घर फर्केको २० दिनमा असामान्यरुपमा छोरीको पेट बढेको र तत्कालै प्रतिष्ठानमा ल्याएर चेक गराउँदा पेटमा ट्युमार पलाएको पत्ता लागेपछि शल्यक्रिया गरिएको बालिकाका बाबु दिपेन्द्र लिम्बुले बताए ।

डा. राजेश साहका अनुसार दुई महिने बालकमा हालसम्म यति ठूलो ट्युमर निकालेको कुनै पनि चिकित्सा विज्ञानको अनुसन्धान रिपोर्टमा देखिएको छैन् । उनले सम्भवतः चिकित्सा विज्ञानकै यो पहिलो रिपोर्ट भएको बताए । यति साना बालबालिकामा ट्युमरको सल्यक्रिया गर्नु जटिल नै मानिने डा. साहको भनाइ छ ।

यसअघि एससिवी मेडिकल कलेज उडिया भारतको पेडियाट्रिक सर्जरी विभागले सन् २०१८ मा ३ महिनाको एक बालकको सर्जरी गरेर डेढ किलोको टेयुमर लिकालेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *