चितवनमा २ जना कोरोना संक्रमित थपिए

चितवन । चितवनका थप २ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

भरतपुरस्थित कोभिड १९ परीक्षण प्रयोगशालामा परीक्षणका क्रममा शुक्रबार राप्ति नगरपालिका-५ का ४० वर्षीय पुरुष र भरतपुर महानगरपालिका-१३ का २७ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो ।

प्रयोगशालाका अनुसार शुक्रबार १ सय ९ वटा नमूना परीक्षण गर्दा बाँकी १ सय ७ जनाको रिपोर्ट भने नेगेटिभ आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *