बिपी प्रतिष्ठानको आइसोलेसनमा रहेका २१ जना सङ्क्रमितले जिते कोरोना 

काठमाडौँ । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा रहेका कोरोना सङ्क्रमित मध्ये आज २१ जना डिस्चार्ज भएका छन् । आज १९ पुरुष र २ जना महिला कोरोना निको भएर अस्पतालबाट डिस्चार्ज भएको प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाले बताए ।

डिस्चार्ज हुनेमा २० जना मोरङका र १ जना सुनसरीका  छन् । हालसम्म प्रतिष्ठानबाट कोरोना निको भएर १७६ जना डिस्चार्ज भइसकेका छन् ।

हाल प्रतिष्ठानमा ३२ जना मात्रै कोरोना सङ्क्रमितको उपचार भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 11 =