कोभिड–१९ बाट आजसम्म विश्वमा कतिले ज्यान गुमाए, कति निको भए ?

काठमाडौं । विश्वभर कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ४ लाख ८३ हजार नाघेको छ । पछिल्लो तथ्यांक अनुसार कोभिड–१९ बाट विश्वभर ४,८३, ९५९ जनाले ज्यान गुमाइसकेका छन् ।

बल्र्डोमिटरका अनुसार विश्वभर कोभिड–१९ को उपचार पछि निको हुनेको संख्या ५१ लाख ६९ हजार नाँघेको छ । पछिल्लो तथ्यांक अनुसार ५१, ६९, २७० जना कोभिड–१९ को उपचार पछि निको भएका छन् ।

विश्वभर संक्रमितको संख्या भने ९५ लाख २० हजार बढि भएको छ । अहिलेसम्म ९५, २०, १६० जना संक्रमित भएका छन् । यि मध्ये अमेरिकामा सबैभन्दा बढि कोभिड–१९ संक्रमित पुगेका छन् । अमेरिकामा अहिलेसम्म २४ लाख ६३ हजार २३२ संक्रमित पुगेका छन् । अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या १ लखा २४ हजार २८१ पुगेको छ ।

यता अमेरिकी राष्ट्र ब्राजिलमा पनि कोभिड–१९ का कारण मृत्यु हुनेको संख्या बढ्दो छ । ब्राजिलमा अहिलेसम्म ५३ हजार ८ सय ७४ ले ज्यान गुमाइसकेका छन् । ब्राजिलमा संक्रमितको संख्या ११ लाख ९२ हजार ४ ७४ पुगेको छ । बेलायतमा पनि मृत्यु हुनेको संख्या ठूलो छ । बेलायतमा अहिलेसम्म ४३ हजार ८१ जनाले ज्यान गुमाउँदा स्पेनमा २८ हजार ३२७ छ ।

यता एशियाली मुलुकहरुमा भारतमा पछिल्लो समय कोरोनाको संक्रमण उच्च देखिएको छ । भारतमा अहिलेसम्म १४ हजार ९०७ ले ज्यान गुमाएका छन् । संक्रमितको संख्या ४ लाख ७२ हजार ९८५ पुगेको छ । जसमा १६ हजार ८७० नयाँ केसहरु रहेका छन् । पछिल्लो समय भारतमा ४२४ जनाले ज्यान गुमाएका छन् ।

पाकिस्तानमा पछिल्लो तथ्यांक अनुसार ६० नयाँ केस देखा परेका छन् । जहाँ अहिलेसम्म ३ हजार ७५५ जनाले ज्यान गुमाएका छन् । पाकिस्तानमा कोरोना संक्रमितको संख्या १ लाख ८८ हजार ९२६ पुगेको छ ।

बंगलादेशमा १ लाख २२ हजार ६६० संक्रमित पुग्दा १ हजार ५८२ को ज्यान गएको छ । पछिल्लो तथांक अनुसार बंगलादेशमा ३७ जनाले ज्यान गुमाएका छन् । श्रीलंकामा अहिलेसम्म संक्रमितको संख्या २ हजार १ पुगेको छ । त्यहाँ ११ जनाले ज्यान गुमाएका छन् । भुटानमा अहिलेसम्म कोरोना संक्रमणबाट कसैको ज्यान गएको छैन । भुटानमा ७० वटा संक्रमित केस रहेका छन् ।

माल्दिभ्समा ८ जनाले ज्यान गुमाउँदा संक्रमितको संख्या २ हजार २६१ पुगेको छ । नेपालमा अहिलेसम्म १० हजार ७२८ संक्रमित पुगेका छन् । २४ जनाको ज्यान गएको छ ।

हेर्नुहाेस तथ्यांक

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *