लैङ्गिक विभेद हटाउन पहिलो युनिसेक्स पार्लर विराटनगरमा

विराटनगर । रिफ्ल्याक्सन युनिसेक्स हेयर एण्ड सैलुनको शाखा खुलेको छ । विराटनगरस्थित दुर्गा मार्केट विराटनगरमा बुधवार रिफ्ल्याक्सन युनिसेक्स हेयर एण्ड सैलुनकी सञ्चालिका सन्जिता परियारले पार्लरको उद्घाटन गरेकी हुन् ।

काठमाडौँ मलको तेस्रो तलामा मुख्य पार्लर रहेको रिफ्ल्याक्सन युनिसेक्स हेयर एण्ड सैलुन विराटनगरमा एलिजा गुरुङले उक्त पार्लरको शाखा सञ्चालनमा ल्याएकी हुन् । विराटनगरकी एलिजा गुरुङ विगत २ वर्ष देखि रिफ्ल्याक्सन युनिसेक्स हेयर एण्ड सैलुन काठमाडौँमा काम गर्दै आइरहेकी थिइन । आफूले गर्दै गरेको काम आफ्नै ठाउँमा गरौँ भन्ने उद्देश्यले विराटनगरमा शाखा सञ्चालनमा ल्याएको उनले बताइन् ।

उनका अनुसार पार्लरमा महिला र पुरुष दुवैका लागि सेवा दिइने छ । महिलाको पार्लरमा पुरुष पस्न नहुने भ्रमलाई चिर्नका लागि साथै रोजगारीको अवसरका लागि पनि उनले महिला र पुरुषका लागि नै पार्लर सञ्चालनमा ल्याएको बताइन ।

उनले पुरुषको कपाल काट्न, वाक्स, मेनिकेयर जस्ता सेवा दिनका लागि एक जनालाई रोजगारी पनि दिएकी छिन् ।

उनले भनिन्, ‘हाम्रो समाजमा महिला र पुरुष बिचको विभेद अझै हटेको छैन, त्यही विभेदलाई हटाउने यो पहिलो मेरो प्रयास हो ।’

लकडाउन कार्यान्वयन हुनभन्दा अगावै विराटनगरमा शाखा सञ्चालनमा ल्याउने योजना भएको भए पनि लकडाउनका कारण योजना सफल नभएको रिफ्ल्याक्सन युनिसेक्स हेयर एण्ड सैलुनकी सञ्चालिका संजिता परियारले जानकारी दिइन् ।

बन्दाबन्दीको अवस्था केही खुकुलो भएसँगै पार्लर सञ्चालन ल्याएको उनले बताइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *