हुण्डी कारोबारीसँग पैसा असुलेको अवस्थामा दुई प्रहरी नियन्त्रणमा

काठमाडौं । महानगरीय अपराध महाशाखाले हुण्डी कारोबारीसँग पैसा असुलेको अवस्थामा महानगरीय प्रहरी परिसर काठमाडौंमा कार्यरत हवल्दार र दुई नम्बर गणमा कार्यरत सिपाही लाई नियन्त्रणमा लिएको छ ।

आज महाशाखाले हवल्दार धिरेन विष्ट र सिपाही विक्रम चन्दलाई नियन्त्रणमा लिएको हो ।

महानगरीय अपराध महाशाखाले हुण्डी कारोबारीसँग पैसा असुलेको उजुरीको आधारमा महानगरीय प्रहरी परिसर काठमाडौंमा कार्यरत हवल्दार धिरेन विष्ट र दुई नम्बर गणमा कार्यरत सिपाही विक्रम चन्दलाई नियन्त्रणमा लिएको हो ।

विष्ट र चन्द लाई सिसिटिभी फुटेजको आधारमा पक्राउ गरिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − four =