कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका ४ स्वास्थ्यकर्मीमा कोरोना पुष्टि
२०७७ असार १० गते

सुर्खेत । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका ४ जना स्वास्थ्यकर्मीमा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।
प्रतिष्ठानमा मंगलबार राति गरिएको पीसीआर परीक्षणमा क्वारेन्टाइन र आइसोलेसनमा बसेका नागरिकको रेखदेखमा खटिएका ४ जना स्वास्थ्यकर्मीको रिपोर्ट पोजेटिभ आएको हो ।
स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि प्रतिष्ठानले अर्को सूचना जारी नभएसम्म आकस्मिक बाहेकका सबै सेवा बन्द गरेको जनाएको छ । प्रतिष्ठानमा कार्यरत सम्पूर्ण स्वास्थ्यकर्मी र अन्य कर्मचारीको पीसीआर परीक्षण गर्ने तयारी छ ।
२०७७ असार १० गते
प्रतिक्रिया
सम्बन्धित









