पछिल्लो २४ घण्टामा ५३८ कोरोना संक्रमित थपिए

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ५३८ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार थप ५३८ जनामा कोरोना पुष्टि भएसँगै कुल संक्रमितकाे संख्या  १० हजार ९९ पुगेको छ ।

हालसम्म देशभरका विभिन्न अस्पतालकाे आइसोलेसनमा उपचाररत कोरोना संक्रमित संक्रमणमुक्त भएर २ हजार २२४ जना डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा देशभरका विभिन्‍न अस्पतालबाट ७६ डिस्चार्ज भएका छन् । जसमा ८ महिला र ६८ पुरुष रहेका छन् ।

काेराेना देशकाे ७६ जिल्लाहरूमा फैलिइसकेकाे छ । रसुवामा भने संक्रमण फैलिएको छैन । आज मात्रै ४ हजार ९ सय ९५ जनाकाे पिसिआर परीक्षण गरिएकाे पनि प्रवक्ता डा. गाैतमले जानकारी दिए । नेपालमा हालसम्म २४ काेराेना संक्रमितकाे मृत्यु भएकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + one =