इच्छाकामनाका विपन्न चेपाङलाई सपनाको राहत
२०७७ असार ९ गते

रत्ननगर । चितवनको इच्छाकामना गाउँपालिकाका सीमान्तकृत चेपाङ समुदायलाई सपना भिलेज सोसल इम्प्याक्टले राहत वितरण गरेको छ । इम्प्याक्टले वडा नं १ का २०२ परिवारलाई मंगलबार राहत बितरण गरेको हो ।
सिराईचुली टोल विकास संस्था अन्तर्गत ९६ घरधुरी र चौकीडाँडा टोल विकास संस्था अन्तर्गतका १०६ घरधुरीलाई जनही २० किलो चामल, १ किलो दाल, १ किलो नुन, १ लिटर तेल र ४ वटा माक्स वितरण गरिएको इम्प्याक्टका कार्यक्रम निर्देशक सुजन बस्नेतले जानकारी दिए ।

लकडाउनका कारण जीविकोपार्जनमा समस्या परेका चेपाङ सहित अन्य समुदायलाई पनि राहत प्रदान गरिएको इम्प्याक्टका अध्यक्ष धु्रब गिरीले जानकारी दिए । गाउँपालिकाको समन्वयमा सिराईचुली टोल विकास संस्थाका अध्यक्ष भीम चेपाङ,चौकीडाँडा टोल विकास संस्थाका अध्यक्ष धनलाल चेपाङको रोहवरमा राहत वितरण गरिएको हो ।
२०७७ असार ९ गते
प्रतिक्रिया
सम्बन्धित








