पहिरोले अवरुद्ध पारेकाे बेँसीशहर–चामे सडक पुनःसञ्चालन
२०७७ असार ९ गते

फाइल फोटो
लमजुङ । अविरल वर्षाले पहिरो जाँदा अवरुद्ध बेँसीशहर– चामे सडक पुनःसञ्चालन भएको छ । पहिरो जाँदा सोमबार बिहानदेखि विभिन्न स्थानमा पहिराले अवरुद्ध सडक गए रातिदेखि चलेको हो ।
लमजुङको मस्र्याङ्दी गाउँपालिकास्थित च्याम्चे, रामबजार, स्यागे, गोप्टेभीरलगायत स्थानमा एक्साभेक्टरको माध्यमबाट पहिरो पन्छाई सवारीसाधन सञ्चालनमा ल्याइएको सडक डिभिजन कार्यालय दमौली तनहुँका इञ्जिनीयर सुनम अधिकारीले बताए । उनका अनुसार सबैभन्दा बढी च्याम्चेमा करीब २० मिटर सडक अवरुद्ध भएको थियो ।
अहिले पहिरो हटाइए पनि कुनै पनि बेला सोही स्थानलगायत विभिन्न स्थानमा वर्षाले बेँसीशहर– चामे सडक अवरुद्ध हुन सक्ने उनको भनाइ छ । बेँसीशहरदेखि मनाङसम्मको ६५ किलोमिटरको सडक गत शनिबार विभिन्न स्थानमा पहिरो जाँदा अवरुद्ध भएको थियो । रासस
२०७७ असार ९ गते
प्रतिक्रिया
सम्बन्धित








