खैरहनीमा एफएममार्फत् वैकल्पिक शिक्षण सुरु

चितवन । कोरोना भाईरस (कोभिड १९) को संक्रमण पछि जारी गरिएको लकडाउन पछि विद्यालय निरन्तर बन्द भएपछि खैरहनी नगरपालिकाले वैकल्पिक शिक्षण सुरु गरेको छ । स्थानीय ग्रेट एफएमसँगको सहकार्यमा नगरपालिकाले एफएम मार्फत् शिक्षण सुरु गरेको हो ।

‘लकडाउनले विद्यालय निरन्तर बन्द छ । संघीय सरकारको निर्देशन अनुसार विद्यार्थीको सिकाई निरन्तरताका लागि रेडियो मार्फत शिक्षण सुरु गरेका हाैँ’, नगरपालिकाका स्थानीय शिक्षा अधिकारी राजु वानियाँले भने ।

आईतबार र सोमबार कक्षा ८ र १० का विषय पढाइएकोमा मंगलबारदेखि कक्षा ५ को पनि विषय पढाई हुने स्थानीय शिक्षा अधिकारी वानियाँले बताए । शिक्षण सिकाईका लागि नगरपालिकाले कपिया माविका शिक्षक रामकृष्ण कडेंलको संयोजकत्वमा सात सदस्यीय प्राविधिक समिति बनाएको छ ।

रेडियोबाट प्रशारण हुने कार्यक्रम उत्पादनका लागि सो समिति र प्रशारणका लागि ग्रेट एफएमलाई जिम्मा दिईएको छ । बिहान ११ बजेदेखि १२ बजेसम्म कक्षा संचालन हुनेछ । सबै विद्यार्थी इन्टरनेटको सुविधा पहुँचमा नहुने भएकाले एफएम मार्फत् शिक्षण सुरु गरिएको खैरहनी नगरपालिका प्रमुख लालमणि चौधरीले जानकारी दिए । संघीय सरकारको निर्देशन वमोजिम रेडियोमार्फत शिक्षण प्रणाली तय हुने प्रमुख चौधरीले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − six =