बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ७२ कोरोना सङ्क्रमितको उपचार हुँदै

काठमाडौँ । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ७२ जना कोरोना सङ्क्रमितको उपचार भइरहेको छ ।

हालसम्म प्रतिष्ठानमा ७२ जना कोरोना सङ्क्रमितको उपचार भइरहेको र उनीहरू सबैको स्वास्थ्य अवस्था सामान्य रहेको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाकाले जानकारी दिए ।

प्रतिष्ठानबाट उपचारपछि ११५ जना निको भएर डिस्चार्ज भइसकेको प्रवक्ता सापकोटाले बताए । यस्तै प्रतिष्ठानको प्रयोगशालामा हालसम्म ७,८१४ जनाको नमुना परीक्षण गरेकोमा ७,६०३ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।

नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या शनिवार सम्म ८ हजार ६ सय ५ पुगेको छ । आज मात्रै ३३१ जनामा कोरोना पुष्टि भएको थियो । हालसम्म १ हजार ५ सय ७८ जना निको भएर डिस्चार्ज भइसकेका छन् । कोरोना सङ्क्रमण पुष्टि भएपछि मृत्यु हुनेको सङ्ख्या २२ पुगेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *