पहिरोले जिप पुरिँदा २ को मृत्यु ४ घाइते

गुल्मी । गुल्मीको धुर्कोट नगरपालिकामा पहिरोले जिप पुरिँदा २ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् ।

शनिवार अपराह्न मदाने गाउँपालिका पुर्कोट दहबाट धुर्कोट गाउँपालिकाको सोमरभोमर भन्ने स्थानका लागि छुटेको ग १ ज ३९९७ नम्बरको जिप धुर्कोट गाउँपालिका वडा नम्बर ३ हर्रापाटा भन्ने स्थानमा पहिरोमा पुरिएको हो ।

दुर्घटनामा चालक प्रदीप पुन र यात्रु तुल्सीराम काउछाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक राजकुमार रावलले बताए ।

दुर्घटनामा घाइते भएका रमेश रानालाई अर्घाखाँचीको सन्धीखर्कमा उपचारको लागि लगिएको प्रहरीले बताएको छ ।

सामान्य घाइते भएका ३ जनालाई स्थानीय मेडिकलमा उपचार गरिएको बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *