तनहुँमा २५ सहित गण्डकी प्रदेशमा थप ५८ जनामा कोरोना पुष्टि

काठमाडौं । गण्डकी प्रदेशमा थप २४ जनामा कोरोना भाइरस (कोभिड१९)को संक्रमण पुष्टि भएको छ । तनहुँमा २५, नवलपुरमा १६, बाग्लुङमा ८, गोरखामा ५, कास्कीमा २ तथा म्याग्दी र स्याङ्जामा १-१ जनामा गरी ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु, भरतपुर अस्पताल र पोखराको प्रयोगशालामा गरिएको परिक्षणमा नयाँ संक्रमित देखिएका हुन् । ५८ जना थपिएसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ४ सय ३८ पुगेको छ ।

प्रदेश स्वास्थ्य निर्देशक एवं कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोदविन्दु शर्माका अनुसार संक्रमित सबैलाई सम्बन्धित जिल्लाका आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको छ ।

हेर्नुहोस् पूरा विवरण :-

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *