आज थपिए ४२६ कोरोना संक्रमित, मुलुकभर कोरोना संक्रमितको संख्या ८२७४

काठमाडौं । नेपालमा आज ४२६ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । यो सँगै मुलुकभर कोरोना संक्रमितको संख्या ८२७४ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका कोभिड–१९ का प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आज देशका विभिन्न भागमा ८८ महिला सहित ३३८ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।
योसँगै देशभर कोरोना संक्रमित हुने पुरुषको संख्या ७५६७ पुगेको छ भने, महिलाको संख्या ७०७ रहेको मन्त्रालयले जनाएको छ ।
देशका ७४ जिल्लाहरु कोरोना संक्रमणमा परेका छन् । अहिलेसम्म १४०२ जना संक्रमित उपचार पछि डिस्चार्ज भएर घर फर्किएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *