७४ वर्षिय फोक्सोका बिरामी वृद्धले कोरोना जिते

चितवन । चितवनमा फोक्सोको क्यान्सरका बिरामी ७४ वर्षीय बृद्धले कोरोनालाई जितेका छन् ।

उनी शुक्रबार भरतपुर अस्पतालको आइसोलेसनबाट डिस्चार्ज भएका हुन् । विहिबार गरिएको परीक्षणमा उनिसहित उनकी श्रीमतिको रिपोर्ट नेगेटिभ आएपछि शुक्रबार भरतपुर अस्पतालले डिस्चार्ज गरेको हो ।

भरतपुर महानगरपालिका–६ का वृद्धको उपचारमा संलग्न भरतपुर अस्पतालका फिजिसियन डा. प्रमोद पौडेलले ७४ वर्षका फोक्सोको क्यान्सरबाट पीडित वृद्ध कोरोना संक्रमणबाट निको हुनु खुसीको खबर भएको बताए ।

फोक्सोको क्यान्सरको उपचारका लागि छोरासँग भारत गएका वृद्धमा गत जेठ ९ गते कोरोना संक्रमण देखिएको थियो ।
उनकी ७३ वर्षकी श्रीमतीमा पनि कोरोना संक्रमण देखिएको थियो । उनले श्रीमतीसँगै झण्डै एक महिना भरतपुर अस्पतालमा बसेर उपचार गराएका थिए ।

क्यान्सर रोगी वृद्धले पाँच पटक केमोथेरापीसमेत लिएका थिए । उनको एक पटकको केमोथेरापी बाँकी छ । केमोथेरापी लगाउँदा रोग प्रतिरोधात्मक क्षमतामा ह्रास आउने चिकित्सकहरू बताउँछन् । यस्तो बेला अन्य रोगको समेत संक्रमणको खतरा हुन्छ ।

वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरका वरिष्ठ थोरासिक सर्जन डा. विनय ठाकुरले फोक्सोका क्यान्सर रोगी वृद्धले कोरोना जित्नु ठूलो उपलब्धि भएको बताए ।

संक्रमति वृद्धवृद्धाका छोरा यसअघि नै डिस्चार्ज भइसकेका छन् । शुक्रबार वृद्धलाई अस्पतालले फूल दिएर बिदाइ गरेको थियो । त्यस क्रममा वृद्धले कोरोनासँग संघर्ष गर्न आफ्नो मनोबल उच्च बनाउन आग्रह गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *