पर्वत अस्पतालका ५ स्वास्थ्यकर्मीमा कोरोना पुष्टि, इमर्जेन्सीबाहेक सबै सेवा बन्द

काठमाडौं । गण्डकी प्रदेशको पर्वत अस्पतालका पाँच जना स्वास्थ्यकर्मीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु अस्पतालमा गरिएको स्वाब परीक्षणमा पाँच स्वास्थ्यकर्मीको कोरोना भएको पुष्टि हो ।

पर्वत अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. शिशिर देवकोटाले विज्ञप्ति जारी गर्दै ५ स्वास्थ्यकर्मीलाई कोरोना देखिएको पुष्टि गरे । संक्रमण देखिएपछि अस्पतालको इमर्जेन्सी बाहेकका अरु सबै सेवाहरु अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *