गण्डकी प्रदेशमा बिहानै थपिए ७७ संक्रमित, मनाङमा पनि पुग्यो कोरोना !

काठमाडौं । गण्डकी प्रदेशमा आज बिहानमात्रै ७७ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय पोखराले बिहान फरक-फरक समयमा गरी तीन पटक विवरण सार्वजनिक गर्दै ४२, ५ र ३० जनाको कोरोना पुष्टि भएको जानकारी दिएको छ ।

योसँगै गण्डकी प्रदेशमा आज बिहानमात्रै थप ७७ जनामा कोरोना देखिएको हो । पछिल्लो विवरण नवलपरासी (वर्दाघाट सुस्ता पूर्व) १३ जना, स्याङजामा ९, पर्वतमा ४, तनहुँमा ३ र बाग्लुङमा १ जना गरी ३० जनामा कोरोना पुष्टि भएको हो ।

यो पनि : मनाङमा पनि भेटिए संक्रमित

प्रदेश स्वास्थ्य निर्देशक एवं कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोदविन्दु शर्माका अनुसार संक्रमित सबैलाई सम्बन्धित जिल्लाका आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको छ । ७७ नयाँ संक्रमित थपिएसँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या ३ सय २४ पुगेको छ ।

हेर्नुहोस् पूरा विवरण :-

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *