घुमुवा प्रहरी भन्दै रकम असुल्ने एक पक्राउ

सुनसरी । आफूलाई घुमुवा प्रहरी भन्दै व्यापारीसँग रकम असुल्ने एक व्यक्ति सुनसरीबाट पक्राउ परेका छन् ।

सुनसरी प्रहरीका अनुसार सुनसरीको हरिनगरा गाउँपालिका ५ का असरार अहमद मियाँलाई गैरकानुनी तवरले पैसा असुल गरिरहेको बेला भुटाहा प्रहरी चौकीका प्रहरीले पक्राउ गरेको हो ।

सुनसरी प्रहरी प्रमुख कमल थापाका अनुसार उनलाई मुलुकी अपराध संहिता २०७४ अनुसार अभद्र व्यवहार सम्बन्धी कसुरमा ५ दिन म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ ।

प्रहरीका अनुसार आरोपित व्यक्तिले सीमा छेउका व्यापारीलाई डर त्रास देखाइ रकम असुल गर्दै आएको सुनसरी प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + six =