गण्डकी प्रदेशः भारतबाट फर्किएका थप २१ जनामा देखियो कोरोना

काठमाडौं । गण्डकी प्रदेशमा थप २१ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ । नवलपरासी (वर्दाघाट सुस्ता पूर्व)मा १८ र पर्वतमा ३ जना गरी २१ जनामा कोरोना पुष्टि भएको हो ।

नवलपरासी (वर्दाघाट सुस्ता पूर्व)को हुप्सेकोट गाउँपालिकाका १४ जना पुरुष, मध्यबिन्दु नगरपालिकाका २ जना पुरुष, कावासोती नगरपालिकाका १ पुरुष र पालिका नखुलेका १ पुरुष छन् । यसैगरी पर्वतको फलेवास नगरपालिकाका २ पुरुष र १ महिलामा कोरोना देखिएको छ । उनीहरु सबै भारतबाट आएका हुन् ।

प्रदेश स्वास्थ्य निर्देशक एवं कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोदविन्दु शर्माका अनुसार संक्रमित सबैलाई सम्बन्धित जिल्लाका आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको छ । यससँग प्रदेशमा संक्रमितको संख्या २ सय ४७ पुगेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *