भारत जान लागेकी सरिता गिरीलाई सीमाबाटै फर्कायो प्रहरीले

सिराहा । समाजवादी पार्टीकी सांसद सरिता गिरीलाई प्रहरीले भारत जान लाग्दा सीमा क्षेत्रबाटै फर्काएको छ । दुई देश बिचको सीमा बन्दी भएको र कोरोना महामारीका कारण भएको लकडाउनका बेला भारत जान लागेकी गिरीलाई प्रहरीले सीमा क्षेत्रबाटै फर्काएको हो ।

मङ्गलवार उनी सिराहाको ठाडी नाकाभएर भारतको बिहारतर्फ जान लागेकी थिइन् । तर प्रहरीले उनलाई सीमाबाटै फर्काइदिएको छ ।

तर जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता विनोद घिमिरेले भने आफूले पाएको जानकारी अनुसार सांसद गिरी कार्यकर्ता भेट्न भनी सीमाक्षेत्र पुगेको र त्यहीँबाट फर्किएको बताएका छन् ।

सीमा क्षेत्रमा खटिएका सशस्त्र प्रहरीका अनुसार उनलाई दशगजा क्षेत्र नजिकबाट फर्काइएको हो । उनले बर्डर बन्द रहेकाले अहिले जान नमिल्ने र भारतीय सीमा सुरक्षा बलले पनि प्रवेश नमिल्ने भनेपछि उनी त्यहीँ बाटै फर्किएकी हुन् ।

संसद्मा आफ्नो संशोधन प्रस्ताव प्रस्तुत नगरिएपछि संविधान संशोधनको दिन बैठक बहिस्कार गरेर हिँडेकी सांसद गिरी गृहजिल्ला सिराहा पुगेकी थिइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *