गोरखामा १० सहित गण्डकीमा १८ जनामा कोरोना पुष्टि

काठमाडौं । गण्डकी प्रदेशमा थप १८ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ । गोरखामा १०, स्याङ्जामा ४, पूर्वी नवलपरासीमा २, कास्की र बागलुङमा १-१ जना गरी १८ जनामा कोरोना पुष्टि भएको हो ।

गोरखाको गोरखा नगरपलिकामा ८ जना र बारपाक सुलिकोट गाउँपालिकामा २ जनामा संक्रमण देखिएको छ । त्यस्तै स्याङजाको चारकोट नगरपालिकामा ४ जना, नवलपरासी पूर्वको विनयत्रिवेणी गाउँपालिका र मध्यबिन्द नगरपालिकामा १-१ जना गरी २ जना र कास्कीको पोखरा महानगरपालिकामा १ जना र बाग्लुङको ताराखोला गाउँपालिकामा १ जनामा संक्रमण देखिएको हो ।

प्रदेश स्वास्थ्य निर्देशक एवं कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोदविन्दु शर्माका अनुसार संक्रमितमा १ महिला र बाँकी सबै पुरुष छन् । उनीहरू सबैलाई सम्बन्धित जिल्लाका आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको छ । यससँग प्रदेशमा संक्रमितको संख्या २ सय २३ पुगेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *