खैरहनीका ८३ जनामा कोरोना रिपोर्ट नेगेटिभ

चितवन । चितवनको खैरहनी नगरपालिकामा बाहिरी जिल्ला र भारतबाट आई क्वारेनटाइनमा बसेकाहरूको कोरोना भाइरस परीक्षण तीव्र पारिएको छ । क्वारेनटाइनमा बसेको अवधि पुरा भएपछि नगरपालिका आफैले स्वाब सङ्कलन गरी भरतपुर कोरोना प्रयोगशाला पठाइने गरिएको छ ।

क्वारेनटाईनमा बसेकाहरू मध्ये हाल सम्म ८३ जनाको कोरोना भाइरस परीक्षण गरिसकेको र उनीहरू सबैको रिपोर्ट नेगेटिभ आएको खैरहनी नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख अनुप अधिकारीले बताए ।

खैरहनीमा सामुदायिक विद्यालय र चर्चलाई क्वारेनटाइन बनाएर बाहिरबाट आएकाहरूलाई राखिएको छ । खैरहनी मावि,कंकाली मावि,जनजीवन मावि,जन एकता आधारभूत विद्यालय,कठार मावि,पिद्रहनी चर्च,खरखुट्टे आधारभूत विद्यालय,कपिया मावि,गवै मावि , कुनाघारी आधारभूत विद्यालय ,धार्मिक उत्थान केन्द्र पर्सा र डिज्नी पार्कमा सामुदायिक क्वारेनटाईन बनाइएको छ ।

क्वारेनटाईनमा बस्नेहरूलाई नगरपालिकाले खानासहितको उपलब्ध गराएको छ । खैरहनीमा अहिले ५१ जना क्वारेनटाईनमा रहेका छन् भने सोमवार १६ जनाको कोरोना परीक्षणका लागि स्वाब सङ्कलन गरी पठाइएको नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 8 =