बिपी प्रतिष्ठान धरान : २५ नयाँ कोरोना सङ्क्रमित थपिँदा, ७ जना डिस्चार्ज

काठमाडौँ । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आज थप २५ जना कोरोना सङ्क्रमित बिरामी भर्ना भएको प्रवक्ता डा. दिनेश सापकोटाले जानकारी दिएका छन् । उनका अनुसार आज २५ जना नयाँ कोरोना सङ्क्रमित भर्ना भएका हुन् ।

आजै प्रतिष्ठानबाट ७ जना सङ्क्रमित निको भएर घर फर्किसकेका छन् । यो सँगै प्रतिष्ठानबाट हालसम्म ११० जना कोरोना सङ्क्रमित निको भइसकेको डा. सापकोटाले जानकारी दिए ।

नेपालमा आज मात्रै ४५१ जना नयाँ कोरोना सङ्क्रमितको पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको थियो । हालसम्म जम्मा सङ्क्रमितको सङ्ख्या ६ हजार २ सय ११ पुगेको छ । जसमध्ये निको भएर १०४१ जना घर फर्किसकेका छन् । आज मात्रै ६७ जना अस्पतालबाट डिस्चार्ज भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *