‘यो पाली केहीमा पनि सप्रिने बाटो छैन, अर्थ मन्त्रालय के गरेर बसिरहेको छ ?’

काठमाडौं । अर्थतन्त्र अत्यान्त कठिन अवस्थामा रहेको नेपाली कांग्रेसका सांसद डा. मिनेन्द्र रिजालले बताएका छन् । आजको प्रतिनिधि सभामा राजस्व विधेयकका बारेमा बोल्दै यो छलफल गर्नु नै औचित्य हिन भएको समेत बताए ।

कांग्रेस नेता रिजालले जेठ ३१ गते आम्दानी र खर्चमा १ सय ४५ अर्बको ग्याप रहेकोमा आज आठ दिनपछि त्यो ग्याप बढेर १ सय ७६ अर्ब पुगेको बताउँदै असार मसान्त सम्म पुग्दा के हुने हो टुंगो नभएको जिकिर गरे ।

‘फेरी पनि गम्भिरताका साथ भन्छु अर्थमन्त्री ज्यू, इमान्दारिताका साथ एक ठाउँमा उभिएर यो संकटलाई पार लगाउँ ।’ डा. रिजालले भने । उनले यो बेला पुरै संसद एकै ठाउँमा उभिनु पर्ने समेत बताए ।

हाम्रो राजस्व उठाउने इस्टिमेट कसरी प्रस्तुत भएको छ अर्को चिन्ता लाग्दो विषय रहेको छ । सबै राजस्व अर्को वर्षको उठाउने कुरामा एउटा अंक समस्या छ, अर्को प्रतिशत समात्या छ । अनी २०७५/०७६ यथार्थमा कर २४ प्रतिशत आय मुनाफा र पुँजीगत लाभकरसँग जोडिएका सबैमा २२.४ प्रतिशत, वस्तु र सेवामा लाग्ने करमा २५ प्रतिशत, अनी बैदेशिक ब्यापार सबैमा २४.४ प्रतिशत । यो हद भयो ।

यो वर्षको अन्तिम सम्ममा कति उठ्छ भने, पहिले बजेटमा लेखेको शिर्षकमा हरेक २५.६ प्रतिशत घटाएर संसोधित अनुमान राख्या छ । अर्थ मन्त्रालय के गरेर बसिरहेको छ ?

पोहर साल यस्तै गर्यो, हामीले बजेटको अनुसूची १ ठिक भएन, २ ठिक भएन । अनी करेक्सनहरु पनि दियौं । करेक्सन सबै दिएपछि सरकारले अर्को बजेट प्रस्तुत गर्यो । अघिल्लो वर्ष अर्थ मन्त्रालय जसरी प्रस्तुत भएको थियो । एउटा किताबको बजेटबाट अर्को बजेटको किताबमा पुग्नु परेको थियो । यो पाली त केहीमा पनि सप्रिने बाटो छैन अर्थ मन्त्रालयको । यसरी नसप्रिएको अर्थ मन्त्रालयले कसरी अर्थ मन्त्रीलाई मद्दत गर्न सक्छ मैले बुझ्या छैन ।

ग्रिनिकरणीको कुरा, अनी कर उठाउन सजिलो हुने ठाउँमा आइटिडिएफ र फ्युल लेवीमा ज्यादै भर पर्ने कुराले धेरै मद्दत गर्छ जस्तो लाग्दैन ।

आयकरका दरहरुका लागि स्वच्छ, उत्तरदायी र अपचलन हुनबाट रोक्नका लागि हरेक व्यक्तिको पान छँदैछ । त्यो प्यान अनुसार मान्छेको हरेक वर्ष कति कर कुन कुन स्रोतबाट झिकियो त्यो ब्यक्तिले पनि थाहा पाओस । तलबबाट कति गयो ? ब्याजबाट कति गयो ? लाभांश बाट कति गयो ? अरु काममा कति गयो, अन्तिममा त्यो रेकर्डबाट थाहा पाओस् । कर तिर्ने कामलाई हामीले पारदर्शी बनाउन सकेका छैनौं । कर तिर्ने मान्छेलाई पनि कठिनाई छ । त्यसलाई सुधार गरौं ।

यो नगरीकन हामीले राजस्व र करबारेमा गरेको छलफल सतही हुन्छ । असाध्यै ठूलो कठिनाइमा छौं । अर्थतन्त्र ठूलो कठिनाईमा छ । त्यो कठिनाईबाट उम्कने बाटोमा गम्भिरतापूर्वक लागौं ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *