वीपी प्रतिष्ठानबाट ३० जना कोरोना संक्रमित डिस्चार्ज

सुनसरी । धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट थप ३० जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् ।
प्रतिष्ठानको कोभिड–१९ अस्पतालबाट ३० जना संक्रमित निको भएर घर फर्किएको प्रतिष्ठानले जनाएको छ ।

प्रतिष्ठानका प्रवक्ता प्रा.डा. निदेश सापकोटाका अनुसार आज झापाका ३० जना डिस्चार्ज भएका हुन् । आइसोलेसनमा बसेको १२ दिन पछि उनीहरुको प्रतिष्ठानको माइक्रोबायोलोजी विभागको प्रयोगशालामा पिसिआर परीक्षण गर्दा कोरोना नेगेटिभ देखिएको थियो ।

डिस्चार्ज हुनेहरुको उमेर १८ वर्ष देखि ४५ वर्ष रहेको बताइएको छ । अब प्रतिष्ठानमा गत साता थप भएका ८ कोरोना संक्रमित सहित ३४ जना मात्र कोरोना संक्रमित रहेका छन् । वीपी प्रतिष्ठान काेभिड-१९ काे लेवल ३ अस्पताल हाे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *