मोटरसाइकलमा दुई जना चढ्न नपाइने सरकारको निर्णय

काठमाडौं । सरकारले मोटरसाइकलमा दुई जना चढ्न नपाइने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद बैठकले गरेको निर्णय सार्वजनिक गर्दै प्रवक्ता सन्चार तथा सूचना प्रविधि मन्त्री तथा अर्थमन्त्री युवराज खतिवडाले मोटरसाइकलमा चालकमात्रै यात्रा गर्न पाउने निर्णय भएको जानकारी दिएका हुन् ।

सरकारले लकडाउनलाई केही खुकुलो बनाए पनि सुरक्षा तथा स्वास्थ्यको जोखिम लाई मध्यनजर गर्दै यस्तो निर्णय गरेको हो ।

त्यस्तै, सबै प्रकारका पैदल आवागमन, साइकल र मोटरसाइकल चल्न दिने निर्णय पनि मन्त्रिपरिषद् बैठकले गरेको छ। त्यस्तै, सबै प्रकारका ढुवानी पनि खुला गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *