‘कोभिड–१९ नियन्त्रणमा १० अर्ब कसरी खर्च भयो ?’ प्रधानमन्त्री कार्यालयमा निवेदन

काठमाडौं । कोभिड–१९ रोकथाम, नियन्त्रण, रोकथाम तथा उपचारमा सरकारले कसरी १० अर्ब खर्च गर्यो सोको विस्तृत जानकारी माग गर्दै प्रधानमन्त्री कार्यालयमा निवेदन दर्ता भएको छ ।

आज कानुन ब्यवसायी बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले कोभिड नियन्त्रणमा १० अर्ब के कसरी कुन कुन शिर्षकमा कसरी खर्च भयो त्यसको पुर्ण विवरण माग गर्दै निवेदन दर्ता गराएका हुन् ।

अधिवक्ता त्रिपाठीले (with full breakdown) संविधानको धारा २७ अन्तर्गत तत्काल सुचना पाउँ भनि प्रधानमन्त्री कार्यालयमा निवेदन दर्ता गराएका हुन् । त्रिपाठीले सामाजिक सञ्जाल फेसवुकमा पनि साेकाे जानकारी दिएका छन् ।

प्रतिनिधि सभाको हिजो बसेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ नियन्त्रणमा १० अर्ब के कसरी खर्च भयो ? भन्ने प्रश्नमा सांसदहरुलाई सरकारले दिनदिनै अडिट गरेर खर्च सार्वजनिक गर्दैन भनेर जवाफ दिएका थिए ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद गगन थापाले कोभिड–१९ नियन्त्रणमा अहिलेसम्म सरकारले गरेको खर्चको एक एक विवरण संसदमा बुझाउनु पर्ने माग गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *